काठमाडौँ महानगरपालिका
नगरकार्यपालिका, कार्यालय
काठमाडौंप्लाजा, कमलादी, काठमाडौँ बागमती प्रदेश नेपाल
सेवा करारमा कर्मचारीहरुको पदपुर्ति सम्वन्धी सूचना ।
प्रथम पटक प्रकाशित मितिः 2082।07।20
बागमती सरकारवाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन,2079 र काठमाडौ महानगरपालिका सेवा करारमा कर्मचारी पदपुर्ति गर्ने सम्वन्धी कार्यविधि, 2079 बमोजिम महानगरपालिकामा कायम रहेको अस्थायी दरवन्दीमा तपसिल बमोजिमका जनशक्तिका लागि करारमा कामकाज गर्न देहायका योग्यता पुगेका उम्मेदवारहरुवाट आवेदन पेश गर्न आह्वान गरिन्छ । यो सूचना प्रकाशित भएको मितिले 15(पन्ध्र) दिन भित्र प्रति विज्ञापन रु.300.00(फिर्ता नहुने गरी) राजश्व तिरेको सक्कल रसिदको वा QR वाट भुक्तानी गरेको statement, नागरिकता प्रमाणपत्र, शैक्षीक योग्यताको प्रमाणपत्र र सम्वन्धित विषयको कार्य अनुभव प्रमाणपत्रको Scan Copy सहित वेबसाईट www.kathmandu.gov.np मा रहेको अनलाईन आवेदन प्रणाली मार्फत दरखास्त दिनुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिलः
| वि.न. |
पद |
सेवा/समूह/तह |
माग संख्या |
| 07-082/083 |
हलुका सवारी चालक |
प्रशासन/प्रथम स्तर/प्रथम तह |
19(उन्नाइस) |
अन्य विवरण
1. हलुका सवारी चालक पदको लागि आवश्यक योग्यता :
- क. नेपाली नागरिकताको प्रमाणपत्र भएको तथा साधारण लेखपढ गर्न सक्ने ।
- ख. आँखा माईनस 2 वा प्लस 2 भन्दा वढि कमजोर नभएको ।
- ग. उमेर 21 वर्ष पुरा भै दरखास्त दिने अन्तिम दिन सम्म 40 वर्ष ननाघेको । काठमाडौँ महानगरपालिकामा कार्यरत कर्मचारीको हकमा उमेर हद लागु हुने छैन।
- घ. हलुका सवारी चालक अनुमतिपत्र प्राप्त भएको ।
2. छनोट प्रक्रिया :
- क. आवेदन फारम- तोकिए बमोजिमका योग्यता सम्वन्धी कागजातहरु पेश भए नभएको विषय ।
- ख. शिप परिक्षणः- आवश्यकता अनुसार ।
- ग. अन्तर्वार्ताः- अन्तिम छनौटका लागि ।
3. करार अवधि र पारिश्रमिक :
- क. करार अवधिः- 6 महिना (नविरण गर्न सकिने) ।
- ख. पारिश्रमिकः- तोकिएको पदका लागि उपलब्ध गराईने सुरु स्केल अनुसार ।
- ग. अन्य सुविधाः- काठमाडौ महानगरपालिकाको करार सेवा सम्वन्धी प्रचलित कार्यविधि अनुसार ।
4. अन्य जानकारी :
- कुनै गलत विवरण पेश गरेमा उम्मेदवारको निवेदन अस्वीकृत गरिनेछ ।
- कुनै आपराधिक अभियोगमा सजाय नपाएको र असल आचरण भएको हुनुपर्ने ।
- छनौट सम्वन्धी मिति, समय र स्थान पछि सूचना मार्फत प्रकाशित गरिनेछ ।
- महानगरपालिकाले आवश्यक परे संख्यामा हेरफेर गर्न सक्नेछ ।
- दरखास्त र राजश्व दस्तुर वुझाउने विधि र स्थान- Online मार्फत अनलाइन आवेदन प्रणाली (kathmandu.gov.np) मा दरखास्त पेश गने र दरखास्त दस्तुर वापतको रकम NIC Asia बैंकमा रहेको काठमाडौं महानगरपालिकाको बैंक खाता नं. 0012050061475040 (Kathmandu Mahanagarpalika Ga 1.1 Samajik Bikash Bivhag) मा जम्मा गने वा सम्लग्न QR मार्फत दस्तुर जम्मा गनि सकिनेछ ।
- विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीमा तोकिएको स्थानमा PDF/JPEG Format मा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारहरुले आफ्नो फोटो, दस्तखतको नमुना, नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडिको भाग स्क्यान गरी अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्वन्धमा उम्मेदवार स्वयम् पुर्ण जवाफदेही हुनु पर्नेछ ।
- थप कुरा वा द्वुविधा भएमा मोवाईल नं. 9855068625 मा सम्पर्क गर्न सकिनेछ ।
5. दरखास्त दस्तुरबुझाउने अन्तिम मिति :
- सूचना प्रकाशित भएको मितिले 15(पन्ध्र) दिन भित्र
काठमाडौँ महानगरपालिका
काठमाडौंप्लाजा, कमलादी, काठमाडौँ बागमती प्रदेश नेपाल